विद्यालयलाई सरस्वतीको मन्दिर र ५ लाखको अक्षयकोष हस्तान्तरण

कात्तिक २४, बागलुङ-बाग्लुगंका स्थानीय समाजसेवी सुरेन्द्रनारायण श्रेष्ठ र श्रीमती जमुनादेवीले  रातामाटा गाविसको  धौलागिरी उमाविलाई आफ्ना परिवारबाट निर्मीत सरस्वतीको मन्दिर हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै उनीहरुले बानपा २ निबासी श्रेष्ठ दम्पतिले आगमी दिनमा मन्दिर धबि माबिको संरक्षणमा रहने भन्दै पाँच लाख रुपैयाको अक्षयकोष समेत निर्माण गरेका छन् ।  बिद्यालयको व्यवस्थापन एबं शैक्षिक सुधारका लागि आफ्ना स्वर्गिय माता पिता हरि बहादुर श्रेष्ठ र हिरा देबी श्रेष्ठको स्मृतिमा उक्त अक्षयकोष स्थापना गरेको बिद्यालयले जनाएको छ ।

सो अवसरमा मन्तब्य व्यक्त गर्दै जिल्ला शिक्षा अधिकारी बिष्णु प्रसाद तिवारीले बिद्यालयको शैक्षिक एबं व्यवस्थापकिय सुधारका लागि यस्ताखाले क्रियाकलाप महत्वपुर्ण हुने बताएका थिए ।

सो अवसरमा सहयोगदाता सुरेन्द्र नारायण श्रेष्ठ, समाजसेवी देब बहादुर श्रेष्ठ, पत्रकार महासघं बागलुङ शाखाका उपाध्यक्ष दिलिप पौडेल, बिद्यालयका पुर्व प्रधानाध्यापक कृष्णदत्त पन्त, शिक्षक भुमिराज गौतम र बिद्यार्थी अनुप साप्कोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।