सहमतिको निम्ति म बाधक होइन : बाबुराम भट्टराई

कात्तिक २४, काठमाडौँ- संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधान निर्माणका क्रममा राजनीतिक परामर्शलाई पुनः सुरु गरेका छन् । आफ्नो स्वास्थ्यमा सुधार आएपछि सभापति डा भट्टराईले यस क्रममा आज बिहान नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा  एमालेका अध्यक्ष केपी ओली र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग टेलिफोन संवाद गरेका हुन् ।

कुराकानीमा सभापति डा भट्टराईले संविधान निर्माणका क्रममा सहमतिको निम्ति आफू बाधक नभएको बताएका छन् । सभापति डा भट्टराई अस्वस्थ्य भएपछि समितिको बैठक अवरुद्ध हुन पुगेको थियो । समितिको बैठक भोलि मङ्गलबार दिउसो १ बजे बस्ने छ । सभापति डा भट्टराईले एमाओवादी अध्यक्ष दाहालसँग आइतबार बेलुकी आफ्नै निवास सानेपामा भेटवार्ता गरेका थिए ।