मृगको छाला सहित एकजना पक्राउ

कात्तिक २४, विराटनगर-प्रहरीले आज दिउसो भारत लैजाँदै गरेको अबस्थामा मृगको छाला सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति योगी भएको बताइएको  छ । सुनसरी जिल्लाको लोकहीमा बस्दै आएका ६३ वर्षीय धनीलाल ठाकुरलाई सशस्त्र प्रहरी एवम् भन्सार सुरक्षाका खटिएका प्रहरीले सोमबार विराटनगर रानीबाट पक्राउ गरेको हो । वरामद गरिएको उक्त मृगको छालाको लम्बाइ २ फिट ४ इन्च र चौंडाइ १ फिट ८ इन्च रहेको छ ।