नेविसंघको महाधिवेशन प्रक्रियागत तरिकाले गर्न माग

कात्तिक २४, काठमाडौँ-नेपाली काँग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ (नेविसंघ) का असन्तुष्ट पक्षले आगामी कार्तिक ३० गतेदेखि हुने महाधिवेशन प्रक्रिया र  विधिसम्वद्ध रुपमा गराउनुपर्ने माग गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको नाममा भागबण्डाको आधारमा खेताला खटाएर प्रतिनिधिहरुको नामावली पार्टी समक्ष पठाउने जस्ता अवैधानिक काम भएको भन्दै तत्काल सच्याएर विधि र प्रक्रिया अनुसार नामावली संकलन गर्नुपर्ने माग गरेका हुन् । उनीहरुले वर्तमान सभापति रञ्जित कर्णको कार्यशैलीप्रति आलोचना गर्दै तत्काल अलोकतान्त्रिक गतिविधि रोकेर विधि अनुसार नै महाधिवेशन गराउनुपर्ने स्पष्ट पारेका छन् । नेविसंघका केन्द्रिय सदस्य बलदेव तिमल्सिना, लाओस राई लगायतका नेताले क्याम्पसहरुबाट विधिवत रुपमा अधिवेशन गराई छनौट भएका प्रतिनिधिहरु यथावत हुनुपर्ने र बाँकी रहेका जिल्ला र क्याम्पसहरुमा तत्काल अधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।