संविधान निर्माणको यात्रालाई कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

कात्तिक २४, काठमाडौँ -प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान बन्ने यात्रालाई कसैले रोक्न नसक्ने बताएका छन् । संविधान निमार्णको यात्रालाई कसैले रोक्छु भन्नु सूर्यलाई हत्केलाले छेक्छु भन्नु सरह भएको भन्दै प्रम कोइरालाले विर  नेता गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा प्रधानमन्त्री कोइरालाले अब मुलुकमा कसैको डर, धम्की र जोरजबर्जस्ती तथा बन्दुकको राजनीतिक नचल्ने भन्दै संविधान निर्माणको यात्रा पूरा भएरै छाड्ने अठोट समेत व्यक्त गरेका छन् । सर्वाेच्च नेता गणेशमानले आफुलाई यस्ता कुरामा नझुक्नु र नचुक्नु भन्ने दृढताले अब काम गर्ने उनको तर्क थियो ।