एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालद्धारा कुबेत २६२ रनले पराजित

कात्तिक २४, काठमाडौँ-हिजोबाट  शुरू भएको यु नाइन्टीन एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले कुवेतलाई २६२ रनको विशाल अन्तरले पराजित गरेको छ । यसअघि हिजो पहिलो खेलमा साउदीलाई १९५ रनले पराजित गरेको नेपालले आज सुरुवाती खेलमा कमजोर देखिएपनि मध्यतिरका ब्याट्सम्यान चम्किएपछि स्थिती सुर्धार्दै विशाल रन अन्तरले हराउन सफल भएको  हो ।

प्रतियोगितामा ३ सय २६ रनको बिशाल लक्ष्य पछ्याएको कुवेत २७ दशमलव ४ ओभरमा अलआउट बनाउदै  कुबेतलाई जम्मा ६३ ारन मात्र जोड्ने मौका मात्र दियो । नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनका कारण कुबेतका सात जना खेलाडीहरूले दोहोरो अंक समेत जोडन सकेनन । उक्त खेलमा सुनिल धमला, इरसाद अहमद, र दिपेश श्रेष्ठले २।२ विकेट लिएका थिए ।

प्रतियोगितामा पहिले टस हारेर ब्याटिङ्गमा उत्रिएको नेपालले ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा ३ सय २५ रनको बिशाल स्कोर बनाएको थियो । उक्त खेलमा नेपालका आरिफ शेखले ८७ रन लिए भने सौरभ खनालले नटआउट ६४ रन लिएका थिए । त्यस्तै सन्दीप सुनारले ४९ रन तथा दिपेन्द्र ऐरीले ४८ रनको योगदान दिए ।  यस खेलमा नेपालले ३९ रन अतिरिक्त पाएको थियो ।