श्रीलंकामा सोमपालले देखाए चमत्कार

कात्तिक २४,कोलम्बो-अहिले श्रीलंकाको भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले आइतबार पहिलो दिन भएको खेलमा श्रीलंकाको स्थानीय कुरुनागेला ११ ३२४ रनमा रोकेको छ ।
उक्त खेलमा श्रीलंकाली टोलीलाई अल आउट गर्दै नेपाली टिमका खेलाडी सोमापल कामीले सर्वाधिक ५ विकेट लिएका छन ।

नेपाली टिमका तीव्र गतिका बलर मानिने सोमपालले १६ दशमलव ३ ओभर बलिङ गर्दै ४ मेडन सहित ६४ रन खर्चिँदै ५ विकेट लिएका थिए । उता, हुन्कु रुनेगालाका मिनोद बानुकाले सर्वाधिक १ सय १३ रन जोडेका छन । त्यस्तैगरि ज्ञान मनिसानले ६० रन लिए भने लियो फार्नसिस्कोले ५१ रनको योगदान दिए ।