नेपालद्धारा साउदीलाई ३२२ रनको विशाल चुनौती प्रस्तुत

कात्तिक २३, काठमाडौँ-नेपालले साउदी अरेबिया विरुद्ध ३२२ रनको विशाल चुनौती दिएको  छ ।  टस हारेर पहिले ब्याटिङ थालेको नेपालले  कुवेतमा जारी एसिसी यु १९ क्रिकेटमा  निर्धारित ५० ओभरको खेलमा ४९ दशमलवब ५ ओभरमा सबै वीकेट गुमाउँदै ३२१ रन जोड्न सफल भएको हो । नेपालका लागि शंकर रानाले ८२ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै सर्वाधिक ८९ रन बनाउन सफल भएका थिए ।