नेपाल एयरलाइन्सको जहाज दुर्घटनाबाट बच्यो

कात्तिक २३,  सोलुखुम्बु- सोलुखुम्बुमा नेपाल वायु सेवा निगमको जहाज ठूलो दूर्घटनाबाट बचेको छ।  फाप्लु विमास्थलमा उडान भर्नका लागि धावन मार्गमा गुडीरहेका बेला दायाँ तर्फको पंखा जाम भएपछि नेपाल एयरलाइन्सको जहाज दुर्घटना मुक्त भएको नेकपा एमालेका नेता तथा सभासद भानुभक्त ढकालले जानकारी दिए ।

आज विहान  ९ बजे सोलुखुम्बुको फाप्लु विमानस्थलबाट काठमाडौका लागि ५ जना सभासदसहित १५ यात्रु बोकेर उड्न लागेको नेपाल एयरलाइन्सको ९ एन बियु विमान यात्रु चढिसकेपछि उड्न लाग्दा इन्जिनमा खराब भएको थियो।

बिमानमा संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव सम्बन्धि संसदीय विशेष समितिका संयोजक लक्ष्मणलाल कर्ण, सदस्यहरु रामनारायण बिडारी, भानुभक्त ढकाल, कमलप्रसाद पंगेनी, रेखा शर्मालगायत संसद सचिवालयका कर्मर्चारीहरु सवार थिए।

गत संविधानसभामा निर्वाचनमा भएको धाँधली सम्बन्धी छानबिन गर्न गठित संसदीय टोली सोलुखुम्बु पुगेर फर्कने क्रममा इन्जिनमा खराबी आएको हो। अहिले बिग्रिएको बिमानको काठमाडौबाट   ईन्जिनियर झिकाएर मर्मत थालिएको छ ।