काँग्रेस-एमालेले प्रचण्डलाई भने ‘आउनुस हातेमालो गरेर सँगै अघि बढौँ’

कात्तिक २३, काठमाडौँ-नेपाली काँग्रेस र नेकपा एमाललेका शिर्ष नेताहरुले एमाओवादीका अध्यक्ष प्रचण्डलाई विभिन्न स्थानमा गएर धम्की र घुर्की नदिन आग्रह गरेका छन् । पछिल्लो समय राजनीतिक संवाद समिती र संविधानसभामा आफुहरुले बनाएको साझा प्रस्ताब प्रवेश गर्न दिन्नु भन्नु मुर्खता भएको भन्दै उनीहरुले माओवादीलाई त्यसो नर्गन समेत आग्रह गरेका छन् । संविधानका विवादित विषयमा साझा प्रस्ताव तयार पारेका उनीहरुले तयार पारेको नौंबुँदे प्रस्ताव राजनीतिक संवाद समिती र संविधानसभामा लैजान माग गर्दै आफुहरुले  माओवादीलाई एक्लाउन नखोजेको स्पष्ट पारेका छन् ।

राजधानीमा  एक कार्यक्रममा बोल्दै शिर्ष नेताले जिम्बेवार पार्टीको अध्यक्षले बोल्ने भाषामा सम्पादन गर्न जरुरी रहेको भन्दै प्रचण्डलाई  धम्कीको भाषा छाड्न  समेत आग्रह गरेका छन् । उनीहरुले यसबारे सम्वाद समितिमा छलफल गर्दा सहमति नभए संविधानसभामा लैजान समेत जोडदार माग गरेका छन्  । सो अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अधयक्ष प्रचण्डको धम्क्याउने र थर्काउने बानीसँग कांग्रेस एमाले परिचित भइसकेको र त्यसले आफुहरुलाई कुनै असर नपारी माओवादीलाई नै हानीकारक हुने टिप्पणी दिएका छन् ।

उनले आफुहरु माओवादीका लागी दुश्मन नभएको भन्दै सँगै हातेमालो गरेर अघि बढ्न समेत समय रहेको भन्दै सुझाब दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न ठाउँमा पुगेर मान्छे उचाल्ने र पर्छाने काम मात्रै प्रचण्डले गरेकाले यसले अन्तत माओवादीमा नै नराम्रो परिणाम देखाउने बताएका छन् । आफूहरुले कसैलाई एक्ल्याउन नखोजेको भन्दै उनले भने हातेमालो गरेर हिड्न समेत आग्रह गरेका छन् ।