क्यान पुर्व पदाधिकारीले पत्रकार सम्मेलनमा धारणा राख्ने

कात्तिक २२, काठमाडौँ -विघटित नेपाल क्रिकेट एसोसिएसनका पदाधिकारीले  पत्रकार सम्मेलन गर्दैछन् । सरकारले क्यान बिघटन गरेर निरंकुसता लाद्न खोजेको भन्दै विघटित क्यानका पदाधिकारीले कानुनि उपचार खोज्ने विषयमा पत्रकार सम्मेलन जानकारी गराइने पुर्व उपाध्यक्ष केशब घिमिरेले बताए । घिमिरेका अनुसार बिघटित क्यानका पदाधिकारीहरुले  हिजो छलफल गरेर कानुनी उपचार खोज्ने निष्कर्ष निकालेका हुन् ।  क्यान बिघटन सरकारको निर्णय बारे एसियाली क्रिकेट परिषद् र अन्तराष्ट्रिय क्रिकेट परिषदलाई जानकारी गराइसकेका छन् । आज सार्बजनिक बिदा परेकोले भोली सर्बोच्च जाने तयारी भैरहेको घिमिरेले बताए ।