फ्रिमा हेर्ने हैन त शाहरुखको ह्याप्पीफ न्यू ईयर ?

कात्तिक २२, काठमाडौँ-बलीउड स्टार शाहरुखखान अभिनित फिल्म ह्याप्पीश न्यू ईयरले एउटा नयाँ स्किम ल्याएको छ, दर्शकलाई फ्रिमा फिल्म हेर्न दिने । जसको प्लान उनले बनाइसकेका छन् । यस प्लान अन्तर्गत मल्टीप्लेक्सहरूमा टिकटको खरिद गर्दा दर्शकहरूले उपहार पाएका छन । शाहरुख खानले ६ नोभेम्बर अर्थात बिहिबार दर्शकलाइ यो उपहार दिएका हुन । यस दिन फिल्म ह्याप्पी न्यू ईयर को दुइ टिकट खरीद गर्दा एउटा निशूल्क दिइएको थियो ।  यो स्कीम छनोटमा परेका शहरूहरूका सिनेमाघरहरूमा लागू गरिएको थियो । सूत्रका अनुसार बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको फिल्म ‘ह्याप्पी न्यू ईयर’ हेर्नका लागी एउटा सुनौलो अबसर दर्शकहरूलाइ दिइएको हो ।