५१ लाख रुपैया सहित कार्कीकी पत्नी पनी पक्राउ

कात्तिक २२, काठमाडौँ -गैरकानुनी रुपमा सुन कारोबारमा पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै २१ लाख ४० हजार रकम घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीद्धारा हिजो पक्राउ परेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिबंश कार्कीकी पत्नीलाई पनी अख्तियारले मोटो रकम सहित पक्राउ गरेको छ । कार्की पक्राउ परे लगत्तै उनकी श्रीमतीका साथबाट अख्तियारको टोलीले ५० लाख ९७ हजार रुपयाँ सहित पक्राउ गरेको हो । कार्की पक्राउ परे लगत्तै अख्तियारको टोलीले उनको पिछा गरीराखेको र थप रकम सहित पक्राउ गर्न सफल रहेको जनाएको  छ । अख्तियारले अन्य कर्मचारी पनी उनीसँग संलग्न रहेको आशंकामा गोप्य रुपमा अनुसन्धान थालेको स्रोतले जनाएको  छ ।