ज्ञानेन्द्र निजी भ्रमण भन्दै लागे भारत तिर

कात्तिक २१, काठमाडौँ-पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी निजी भ्रमणको लागी छिमेकी मुलुक भारत प्रस्थान गएका छन । ज्ञानेन्द्र आज केही सहयोगीको साथमा लिएर भारत  प्रस्थान गरेका हुन् । भारत जानुअघि पूर्वराजा शाहलाई विदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकहरुको भीड लागेको थियो । त्यस क्रममा उपस्थित भएका समर्थकहरूले पूर्वराजा र राजसंस्थाको पक्षमा नाराबाजी समेत गरेका थिए ।

यस भ्रमणलाइ निजी भ्रमण भनेर भ्रमण तालिकाको कार्यक्रम गोप्य राखिएका कारण पूर्वराजा शाहको यस भ्रमणलाई कतिपय मानिसहरूले निकै अर्थपूर्ण रहेको बताएका छन । नेपालमा १८ औं सार्क शिखर सम्मेलनमा भाग लिनका लागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने तयारी गरिरहेका बेला पूर्वराजा शाह भारत जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।