संघीयता खारेज हुनैपर्छ : जनमोर्चा

कात्तिक २१, काठमाडौँ -राष्ट्रिय जनमोर्चा नेपालले तोकीएको समयमा संविधान जारी गर्दै संघीयताको खारेजी हुनु पर्ने जोडदार माग गरेको  छ । उसले  असमान सन्धी सम्झौताको खारेजीको माग गर्दै आज बाग्लुगंमा विरोध सभा सम्पन्न गरेको छ ।

विरोधसभामा बोल्दै राष्ट्रिय जनमोर्चा, बागलुङका सचिव धर्मबहादुर कुँवरले दलहरुको आपसी खिचातानी र सत्ता स्वार्थका कारण संघीयतालाई अल्झाएर संविधान जारी नगर्ने खेल चलेको छ भन्दैं संघीयतालाई हटाएर समय मै संविधान जारी गर्नु पर्ने बताए ।

उनले देशको राष्ट्रियता कमजोर बन्दै गएको बताउँदै राष्ट्रिय हित विपरितका असमान सन्धी सम्झौताको खारेज गरिनु पर्नेमा जोड दिए । विरोध सभामा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष भिमसेन वनले संघीयताको बखेडा झिकेर संविधान नबनाउने चलखेल भएको आरोप लगाएका थिए ।