अख्तियारको निर्देशन नमान्नु : अर्थसमिति

कात्तिक २१, काठमाडौँ-व्यवस्थापिका संसदको अर्थ समितिले उर्जा मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न दिएको निर्देशन कुने पनि अवस्थामा लागु नगर्न निर्देशन दिएको छ ।  समितिको शुक्रबार बसेको  बैठकले मन्त्रालयलाई यस्तो निर्देशन दिएको समितिका सभापति प्रकाश ज्वालाले बताए ।

अर्थ समितिले खारेज गर्न निर्देशन दिइएका आयोजनाहरुको यथार्थ अवस्था तथा विवरण एक महिनाभित्रमा बुझाउन उर्जा मन्त्रालयलाई निर्देशन दिएको  छ । लाइसेन्स लिएर पनि काम अगाडी नबढाएको भन्दै काबेली जलविद्युत आयोजनासहित १३ वटा आयोजनाको फाइल तानेर लाइसेन्स खारेज गर्न यसअघि सरकारलाई निर्देशन दिएको थियो ।

समितिको बैठकमा बोल्ने अधिकांश सभासदहरुले अख्तियारले आफ्नो  क्षेत्राधिकार नाघेर जलविद्युत आयोजनाको इजाजत खारेज गर्न दिर्नेशन दिएकोमा जोड दिएका थिए ।