पार्टीको एजेन्डालाई बेवास्था गरेको भन्दै माले सभासदद्धारा नेतृत्वको चर्को आलोचना

कात्त्कि २०, काठमाडौँ-संविधानसभाको दोश्रो ठुलो दल नेकपा एमालेका सभासदहरुले संविधानका बिवादित मुद्धामा पार्टीको एजेन्डालाई बेवास्था गरेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । बिहिबार संसदीय दलको बैठकमा सभासदहरुले शासकीय स्वरुपमा कार्यकारी प्रधानमन्त्रीमा नै फकिर्न दवाव पनि दिदै उनीरुले कांग्रेससंग मिलेर साझा प्रस्ताव बनाउदा पार्टीमा छलफल नगरेको भन्दै गम्भीर आपति जनाएका एक सदस्यले जानकारी दिए ।
अधिकांस सभादहरुले पार्टीभन्दा पनि व्यक्तिगत ढंगले चलेको भन्दै अध्यक्ष केपी ओलीको आलोचना गरेका छन् । संसदीय दलको बैठक नबोलाएको, सिंगो पार्टीलाई वेवास्था गरेको भन्दै नेतृत्वको आलोचना भएको एक सभासदले जानकारी दिएका छन् ।