सुनको मूल्य डेडबर्ष यताकै सस्तो

कात्तिक २०, काठमाडौँ-एक सातादेखि ओरालो लागेको सुनको मुल्य बिहिबा डेढ बर्ष यताकैै सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेर ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य ४८ हजार ८ सय ५० र चाँदी प्रतितोला ६ सय ६५ रुपैयामा कारोबार भयो । सुनको मूल्य अझै घट्ने बताइएको छ । अमेरिकी डलर बलियो भएको, सुनको मागमा कमी आउन थालेपछि भाउ घट्नक्रम सुरु भएको व्यवसायीले बताएका छन् । सुको मुल्य लामो समयपछि यसरी क्रमिक रुपमा घट्दा उपभोत्तःा भने हर्षित देखिएका छन् ।