सार्क सम्मेलनको तयारी अन्तिम चरणमा

कात्तिक २०, काठमाडौँ-१८ औँ सार्क शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको  छ ।  काठमाडौँ घोषणापत्र लेखनलगायत अन्य कागजी तथा भौतिक पूर्वाधार लगायतका अधिकांश कार्यहरुको तयारी  सकिन लागेको भन्दै सरकारले मंसिर १० र ११ गते आयोजना गर्न लागको दक्षीण  एसियाली क्षेत्रीय सहयोग सङ्गठनको  तयारी अन्तिम चरणमा पुगेको जनाएको  छ ।  सरकारले केही समय अगाडीदेखि सार्क को १८ औँ शिखर सम्मेलन सार्कको काम तिब्र रुपमा गरिरहेको बताउँदै भौतिक तर्फ सम्मेलन स्थल र बाटोघाटोको मर्मत, सुधार, रङ्गरोगन, सरसफाइ, सवारी साधन र सञ्चारको व्यवस्थापनलगायतलाई दुई भागमा विभाजन गरी कामलाई सरकारले तीव्र गतिमा अघि बढाइरहेको जनाएको  छ ।  सरकारले काठमाडौँ घोषणापत्र  लेखनलगायत अन्य कागजी तथा भौतिक पूर्वाधारतर्फ सम्मेलन स्थल र बाटोघाटोको मर्मत, सुधार, रङ्गरोगन, सरसफाइ, सवारी साधन र सञ्चारको व्यवस्थापनलगायतलाई दुई भागमा विभाजन गरी कामलाई सरकारले तीव्र गतिमा अघि बढाइरहेको छ ।  हालसम्म तयारीका हिसाबले ८५ प्रतिशत भन्दा बढी काम सकिएको सरकारले जनाएको छ ।