भट्टराई भाइरल ज्वरोबाट ग्रसित

कात्तिक २०, काठमााडौँ-एमाओवादीका बरिष्ठ नेता तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा  बाबुराम भट्टराई अस्वस्थ भएका छन् । संविधानका विवादित विषयमा सहमति जुटाउन सक्रिय रहेको बेला उहालाई भाइरल ज्वरो आएको छ । जसका कारण उनी घरमानै आरम गरेर बसीरहेका छन् । संविधानका विवादित विषयमा सहमति जुटाउन र आपसी अविश्वास हटाउन भन्दै मुख्य दलहरुले फेरि छलफललाई तिब्रता दिने बताएकै बेला भट्टराई बिरामी परेका समिती बैठक प्रभावित हुने संभावना छ । भट्टराई केहि दिन यता संबिधानका बिबाद सहमतीबाटै टुंगो लगाउनु उपयुक्त हुने भन्दै छलफलमा व्यस्त थिए । लामो समयदेखि भट्राई नेतृत्वको समितीले निरन्तर बैठक संचालन गरेपनि सहमति भने निकाल्लन सकेको  छैन ।