पुटिन संसारकै शक्तिशाली ब्यक्ति, मोदी पन्ध्रौँ

कात्तिक २०, काठमाडौँ-प्रत्येक बर्ष शक्तिशालीहरुको सुची सार्वजनिक गर्दै आएको चर्चित  फोब्र्सपत्रिकाले यसवर्षकोसुची पनि सार्वजनिक गरेको छ ।  जसमा यसवर्ष रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन विश्वका सबभैभन्दा शक्तिशाली व्यक्तिको सुचीमा परेका छन् ।

पुटीनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई उछिनेर पहिलो स्थानमा उक्mलीएका हुन् । ओबामा शक्तिशाली ब्यक्तिको दुई नम्बरमा परेका छन् । त्यस्तै चीनका राष्ट्रपति सि जिन पिङ तेस्रो स्थानमा छन् ।

जर्मन चान्सलर एन्जेला मार्केल पाचौं, विश्वकै सबैभन्दा धनी विल गेट्स सातौं, र ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरुन १० औं स्थानमा छन् । यस्तै पछिल्लो समय महाशक्ति राष्टका रुपमा दरीँदै गएको मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भने विश्वको शक्तिशाली ब्यक्तिको पन्ध्रौ स्थनमा सूचीकृत भएका छन् ।