रेडपाण्डाको छालासहित महिला पक्राउ

कात्तिक १६, नुवाकोट-नुवाकोटमा रेडपाण्डाको छालासहित प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । सोही जिल्लाकी  ३४ वर्षीया अलैची पाण्डेलाई एक थान रेडपाण्डाको छालासहित गएराती पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार पाण्डेलाई उनकै घरबाट पक्राउ गरिएको  हो । पक्राउ परेको १८ घण्टा बितीसक्दा पनी उनको  घरमा रेडपाण्डाको छाला कहाँबाट आएको हो त्यो खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी  छ ।