समावेशी र सङ्घीयताको मर्म सबैले आत्मसात गरौँ : प्रम कोइराला

काठमाडौँ -प्रधानमन्त्री सुशील कोइरालाले समावेशी र सङ्घीयताको मूल मम  सबैलाई आत्मसाथ गर्न आग्रह गरेका छन् ।  आइतबार राजधानीमा आयोजीत नेपाल प्रज्ञा प्रतिष्ठानको २९औँ प्राज्ञसभालाई सम्बोधन गर्दै प्रम कोइरालाले पठाएको सन्देशमा सङ्घीयता, लोकतन्त्र, ,  समावेशीताजस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्न सरकारसँगसँगै सबजना लाग्नुपर्ने उल्लेख गरिएको  छ कार्यब्यस्तताले कार्यक्रममा अनुपस्थित कोइरालाले पठाएको सन्देश कुलपति गङ्गाप्रसाद उप्रेतीले वाचन गरेका थिए । प्रम कोइराला प्रतिष्ठानका प्रमुख संरक्षकसमेत हुन् ।   उनको सन्देशमा समाजलाई रूपान्तरण गर्ने बाटो सहज नभएकाले यसमा सबै क्षेत्र र वर्गको समान दायित्वको सहभागीता आवश्यक रहेको उल्लेख  छ । प्रम कोइरालाले सरकारले आफ्नो ठाउँबाट पुर्ण रुपमा सहयोग गरिरहेको भएपनि उनले सबैलाई सरकारसँग हातेमालो गरेर काम गर्न समेत आक्हान गरेका छन् । उनले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिकसहित अनेक विविधता अङ्गालेको नेपाललाई एकीकृत गर्न प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै मानवमा ज्ञान र विवेक सिर्जना गर्न, समाजलाई शिक्षाको उज्यालो मार्गमा डो¥याउने प्राज्ञहरूको महत्वपूर्ण भूमिका रहने बताए ।