प्रचण्डले भेटे ओलीलाई

कात्तिक १६, काठमाडौँ-एकीकृत नेकपा माओबादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका  अध्यक्ष केपी ओली बिच भटवार्ता भएको  छ । आइतबार बिहान एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको चलफलमा प्रदेश विभाजन र संविधान निर्माणका क्रममा आएका असहमतिहरुलाई कसरी सहमतिमा पु¥याउने भन्नेबारेमा छलफल भएको बताइएको  छ । भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले असहमतिका विषयलाई कसरी सहमति बनाउने भन्नेबारेमा छलफल भएको बताए । संविधान निर्माणका प्रक्रियामा भिन्न धारणा भएकाहरुलाई एकै ठाउँमा ल्याउने र सहमति गराउने उपाय खोज्न छलफल भएको जानकारी दिँदै ओलीले सहमतिबाटै अगाडि जाने विषयमा कुरा भएको जानकारी दिए । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष प्रचण्डले सहमति खोज्ने प्रयासमा छलफल भएको बताए ।