चितवनको पोल्टामा सात स्वण

कात्तिक १६, चितवन- चितवनमा सम्पन्न ४२औँ खुल्ला रत्ननगर तेक्वान्दो प्रतियोगितामा चितवन प्रथम भएको छ । कुल पदकमध्ये सात स्वर्ण, सात रजत र २२ कास्य पदकसहित चितवन प्रथम भएको हो । तेह्र स्वर्णमध्ये चितवन जिल्ला तेक्वान्दो सङ्घले सात स्वर्ण हात पारेको आयोजकले जनाएको  छ । त्यस्तै  रत्ननगर तेक्वान्दो डोजाङ र पूर्वी चितवन तेक्वान्दो डोजाङले समान १ १ स्वर्ण पदक जितका छन् ।  प्रतियोगितामा पर्सा जिल्लाले एक स्वर्ण र तीन रजत पदक प्राप्त ग¥यो  । कुल १३ रजत पदकका लागि भएको स्पर्धामा भारतले चार रजत पदक प्राप्त गरेको थियो । यस्तै, रत्ननगर तेक्वान्दो डोजाङ र वीरगन्जले समान दुई रजत पदक प्राप्त गर्दा चितवन जिल्ला तेक्वान्दो सङ्घ, आयोजक रत्ननगर तेक्वान्दो डोजाङ, पश्चिम चितवन र हेटौँडाले समान एक–एक रजत पदक प्राप्त गरे । प्रतियोगिताअन्तर्गत भएको महिला एक पुम्सेमा भारतले स्वर्ण पदक प्राप्त गरेको छ ।