किन गर्दैछ एमाओवादीले आफ्ना नेताहरुलाई धमाधम कारबाही ?

कात्तिक १५, काठमाडौँ -पार्टी नेताकै उक्साहट र सम्लग्नतामा जिल्ला तहमा समानान्तर समिति निमार्ण हुन थालेको भन्दै एकीकृत माओवादीका तल्ला कमिटीहरुले केन्द्रीय सदस्यलाई कारबाहीका सिफारिस गर्न थालेका छन् ।

आजको राजधानी दैनिकको एक खबर अनुसार आन्तरिक विवाद समाधानका लागि कात्तिक २४ देखि केन्द्रीय समितिको बैठक बस्ने टुंगो लागेपछि संस्थापन र असन्तुष्ट पक्ष कारबाहीको माग गर्दै दबाबमा उत्रिएका छन् ।

अहिलेसम्म संस्थापन पक्षले भट्टराई पक्षीय नेतृ हिसिला यमी, गंगानारायण श्रेष्ठ, सोनामसिंह स्याङतान र रामरिजन यादवलाई कारबाहीको सिफारिस गरेको छ । त्यस्तै भट्टराई पक्षले नारायण दाहाल, हितबहादुर तामाङ माथि कारबाहीको माग गरेको कुरा समाचारमा उल्लेख गरिएको छ ।