नातिनी बलात्कारको आरोपमा ८६ बर्षीय वृद्ध पक्राउ

कात्तिक १५, बनेपा-जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा आफ्नै नातिनीलाइ बलात्कार गरेको आरोपमा एक जना ८६ वर्षिय बृद्धालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै नातिनी बलात्कारको आरोपमा जिल्लाको पनौती नगरपालिका–९ बस्ने ८६ वर्षिय लालबहादुर नगरकोटीलाई पक्राउ गरिएको हो । बताइए अनुसार पीडित नातिनीले आफुलाई हजुरबुबाले नौ पटक जबरजस्ती बलात्कारको गरेको आरोप लगाएकी छन ।

ती बालिकालाइ स्वास्थ्य परिक्षणको लागि राजधानीको प्रसुति गृहमा पठाइएको छ भने निज हजुरबुबालाइ पक्राउ गरि प्रहरीले आवश्यक कारवाही गरिरहेको जनाएको छ ।