प्रधानसेनापति राणा शनिबार ब्रुनाई जाँदै

कार्तिक १४, काठमाडौं-एसिया प्रशान्त क्षेत्रका प्रधानसेनापतिहरुको सम्मेलनमा भाग लिन प्रधानसेनापति गौरवशम्शेर राणा शनिबार ९भोलि० ब्रुनाई जाने भएका छन् । सम्मेलनमा अमेरिका, नेपाल, क्यानडालगायत २६ देशका सेनापतिहरु सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कार्तिक १७ गतेदेखि २० गतेसम्म चल्ने सम्मेलनमा क्षेत्रीय तथा बहुपक्षीय सुरक्षा, सहयोग आदान–प्रदानलगायतका विषयमा छलफल हुने बताइएको छ । सम्मेलन अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्ड र रोयल ब्रुनाई आर्मीको संयुक्त आयोजनामा हुन लागेको हो ।