पोखरामा खुला तेक्वान्दो प्रतियोगितामा सुरु

कार्तिक १४, पोखरा पोखरामा आजदेखि  प्रथम जुनियर अन्तरविद्यालय लोकतान्त्रिक खुला तेक्वान्दो प्रतियोगितामा सुरु भएको छ । प्रतियोगीताको आयोजना नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको हो । शुक्रबार भएको भएको उद्घाटन खेलअन्तर्गत् जनज्योतीका जोन देउला र राइजिङ स्टारका सन्जिला तिमल्सिना स्वर्ण पदक प्राप्त गर्न सफल भए । प्रतियोगिताको छात्र ३९ केजीमुनिको प्रतिस्पर्धामा देउलाले राइजिङ डोजाङका दिलबहादुर थापामगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको छात्रा २९ केजीमुनिको समूहमा भैरहवाकी रोजिता थारुलाई पराजित गर्दै राइजिङ स्टार डोजोकी सन्जिला तिमल्सिनाले स्वर्ण प्राप्त गरिन् । प्रतियोगितामा छात्रातर्फ ९० र छात्रतर्फ १३७ गरी कुल २२७ खेलाडी सहभागी भएका छन् ।