बल्खुमा ओलीसँग माकुने झोक्कीएपछि

कार्तिक १४, काठमाडौं-नेकपा एमालेको पार्टी कार्यालय वल्खुमा शुक्रबार मध्यान्ह बाजाबाजको स्थिती नै सृजना भयो । मध्यान्ह बसेको केन्द्रीय कमिटी बैठकमा बरिष्ठ नेता माधव कुमार नेपालले लिखित रुपमा असन्तुष्टी तथा ध्यानआर्कषण प्रस्ताव पेश गर्न खोज्दा केही बेर दुवै पक्षबिच भनाभन नै भयो । अध्यक्ष ओलीले तत्कालीन राजनीतिक अवस्थाबारे बोलीरहँदा नेता नेपाल जुरुक्क उठेर ओली प्रति रोश प्रकट गर्दै चेतावनी दिएपछि केहीबेर दुवै पक्षबिच रोदीघरमा जस्तो जुहारी चलेको एक केन्द्रिय सदस्यले जानकारी दिए । आक्रोशित मुद्रामा प्रस्तुत भएका पुर्वप्रधानमन्त्री नेपालले अध्यक्ष ओली समक्ष ७ पृष्ठ लामो ध्यानाकर्षण प्रस्ताव पेश गरेका थिए ।

अध्यक्ष केपी ओलीले संविधानका लागि दलहरुबीच भएका वार्ताबारे जानकारी दिँदै बैठकका एजेन्डा प्रस्तुत गरेलगत्तै नेपालले ६ पृष्ठ लामो ‘पार्टीको आन्तरिक एकता र सुदृढिकरणका लागि मेरो अपिल’ नामक असहमतिपत्र गरेका थिए । पत्रमा पार्टी अध्यक्ष ओलीले महाधिवेशनको निर्णय विपरित विधान प्रकाशित गरेर महाधिवेशनको निर्णय उल्लंघन गरेको आरोप लगाएका छन् । त्यसैगरी, सुकुम्बासी आयोग गठन, सभासदको मनोनयन, संसदीय समितिका सभापति र प्रमुख सचेतको चयन, मन्त्री फेरबदल जस्ता विषयमा कुनै मापदन्ड नै नबनाइ ओलीले एकलौटी र अपारदर्शी ढंगले निरंकुश शैली अपनाउको आरोप पनि लगाइएको छ ।

अध्यक्ष ओलीले दलहरुको बैठकमा राज्य पुनःसंरचनाका विषयमा चार प्रदेशको अवधारणा प्रस्तुत गरेको विषय पार्टीको निर्णय र आधिकारीक धारणा कसरी मान्ने भनेर प्रश्नपनि पत्रमा गरिएको छ । महासचिव ईश्वर पोखरेलले भने नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका विषयको अध्यक्ष ओलीले सम्बोधन गर्ने प्रतिबद्धता जनाएको प्रतिक्रिया दिए । माधव नेपालको प्रस्ताव बुझेर मुसुमुसु मुस्कुराउँदै अध्यक्ष ओलीले माकुनेका वाणीलाई पनि समेटेर राजनीीतक प्रतिवेदन तयार गर्ने भन्दै ब्यङ्ग्य कसेका थिए ।

आजको बैठकमा स्थायी र पोलिटब्युरो सदस्यको चयन, कार्यविभाजन, भावी कार्ययोजना र केन्द्रीय कमिटी सदस्यमा मनोनयन लगायतका कार्यसूची तय भएपनि पार्टीका आन्तरिक कुरामा विवाद बढ्ने देखएपिछि आजको एमाले बैठक पनि माछो माछो भ्यागुतो भएको छ । संविधानका विवादित विषयमा अन्य दलहरुसँग छलफल गर्नुपर्ने भन्दै केन्द्रीय कमिटीको अर्को बैठक १८ गतेका लागि सारिएको छ ।