अमेरिकामा पनि आतंकवादी हमला हुन सक्ने

कात्तिक १५, काठमाडौँ-अमेरिकाले बिभिन्न आतंकवादी संगठनहरूबाट आतंकवादी हमलाको धम्की प्राप्त भएपछि वासिङटन तथा अन्य ठुला शहरहरूमा रहेका आफ्ना सबै सरकारी भवनहरूको सुरक्षा बढाएको छ ।

अमेरिकाका आन्तरिक सुरक्षा मन्त्री जेह जोनसनले एक विज्ञप्ती जारी गर्दै बताए अनुसार आतंकवादिहरूले अमरिकामा कुनैपनि ठाउँमा हमला गर्ने धम्की दिएपछि सबै ठुला शहरूहरू तथा वासिङटनमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।

उनले बताए अनुसार संसारका बिभिन्न स्थानहरूमा भैरहेको आतंकवादी घटनाहरूलाइ हेर्दै अमेरिकी सरकारले यहाँका प्रतिष्ठानहरूका साथै मानिसहरूको सुरक्षालाइ निकै बढाएको छ ।