सुनको मूल्यमा भारी अन्तरले गीरावट

कात्तिक १४, काठमाडौँ-नेपाली बजारमा शुक्रबार सूनको मूल्यमा प्रति तोलामा ७ सय रुपैयाँले कमी आएको छ । यस अघि बिहीबार प्रति तोलाको ५१ हजार २ सय रुपैयाँ रहेको सूनको मूल्य शुक्रबार ७०० ले घट्दै प्रतितोला ५० हजार ५ सयमा किनबेच भएको कुरा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजोआज अन्तर्राष्ट्रिय बजारमानै मूल्य घटेका कारण सूनको मूल्य घटेको कुरा सुन व्यवसायीहरूले बताएका छन् । बिहिबार पनि सूनको मूल्य ४ सयले कमी आएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि शुक्रबार तोलाको २७ रुपैयाँले कमी आएको छ । यस दिन चाँदी तोलाको ६ सय ९५ रुपैयाँमा किनबेच भएको कुरा महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा  सूनको मूल्य घट्ने क्रम जारी नै रहेको छ ।  शुक्रबार साँझ सुन प्रति औन्स १ हजार १ सय ६५ डलरमा कारोबार भैरहेको छ ।