माइक्रोसफ्टमा खल्लीबल्ली

कार्तिक १४,एजेन्सी-हरेक मानिसलाई आफु ठुलो भन्दा ठुलो कम्पनीमा जागीरे हुने सपना हुन्छ । त्यो सपना नाम चलेका सिमीत कम्पनीहरुले मात्र पुरा गर्ने हिम्मत राख्छन् । तर तिनै कम्पनीले आफ्ना कर्मचारीहरुलाई  भटाभट निकालिदिन थालेपछि के होला ?  प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले आफ्ना ३  हजार जना कर्मचारीहरू कटौती गरेको छ । यस अघि यस कम्पनीले गत जुलाई महिनामा १८ हजार कर्मचारीहरू कटौती गर्ने निर्णय गरेको थियो । ती कर्मचारीहरू कटौती गर्ने युनिटमा सबैभन्दा धेरै नोकिया युनिटका कार्मचारीहरू रहेका थिए । केही समय अघि मात्र मोवाइल उत्पादक कम्पनी नोकियालाई माइक्रोसफ्टले किनेको थियो ।  माइक्रोसफ्टको नाफामा व्यापक कटौती भएका समाचाराहरू प्रकाशनमा आएपछि त्यसको एक साता पनि वित्न नपाउँदै कम्पनीले अहिलेका लागी भने आफ्ना ३ हजार कर्मचारीहरू कटौती गरिएको जनाएको छ ।कम्पनीले जनाए अनुसार बिहीबार कटौती गरिएका कामदारहरू संसारभरबाट परका छन । कम्पनीले एउटा विभागबाट नभएर बिभिन्न देशका विभिन्न बिभागहरूबाट ती ३ हजार कर्मचारीहरूको कटौती गरिएको जनाएको छ ।