दलहरू निर्णायक छलफल भन्दै व्यस्त कि अभ्यस्त ?

कार्तिक १४,काठमाडौं-संविधानका विवादित बिषयहरूमा सहमति जुटाउने प्रयास गर्दै आएका शिर्ष दलले आज पनि का छलफललाई निरन्तरता दिने भएका छन् । आज र भोलि हुने भनिएको उक्त निर्णायक छलफल गर्नुअघि दलहरु दुईपक्षीय छलफलमा समेत जुट्ने भएका छन् । दिउँसो ४ बजेपछि बस्ने तीन दलको उक्त बैठकले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायाप्रणालीका बिषयमा छलफल गर्ने भएको छ । अहिले संघीयतामा सत्तामा रहेको नेपाली काँग्रेस र नेकपा एमालेले ७ प्रदेशभन्दा माथि जान नसकिने बताउँदै आएका छन् । उता, एकीकृत नेकपा माओवादीले १० प्रदेशको अडान छाडिसकेको छैन ।