अब प्रक्रियाबाटै संविधान जारी हुन्छ प्रधानमन्त्री

कार्तिक १४,काठमाडौं-पछिल्लो समय राजनीतिक भेटवार्तालाई सक्रिय रुपमा निरन्तरता दिएका  प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार साना दलका शिर्ष नेतासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा प्रम कोइरालाले  वर्तमान राजनीतिक परिस्थितिको निकास, संविधान निर्माण र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने सम्बन्धमा छलफल गरेको वार्तामा सहभागीराप्रपा नेपालका अध्यक्ष कमल थापासँग बताए । अध्यक्ष थापाका अनुसार प्रधानमन्त्री कोइरालाले दलहरुबीच विवादित विषयमा सहमति खोज्नका लागि भूमिका खेल्न आग्रह गरेका थिए । सो अवसरमा प्रम कोइरालाले अब सहमतीबाट संविधान नबने प्रक्रिाबाट बन्ने पनि उद्घोष गरेका थिए । आजै प्रम कोइरालाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारसँग पनि भेटवार्ता गरेका थिए । भेटमा गच्छादारले माघ ८ गते संविधान जारी गर्न सहयोग गर्न प्रधानमन्त्रीले आफूसँग आग्रह गरेको बताए । त्यस्तै प्रधानमन्त्री कोइरालाले आजै बिहान राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा पनि यही विषयमा छलफल गरेका थिए ।