एक्सन एशिया म्याराथुन दौड प्रतियोगीता हुने

 कात्तिक १४, म्याग्दी-खेलका माध्यमबाट नयाँ गन्तब्यको पहिचान गरि ग्रामिण पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले म्याग्दीमा भोलीदेखि सोमबार सम्म ३ दिने  एक्सन एसिया अन्तराष्ट्रिय म्याराथुन दौड प्रतियोगिता सञ्चालन हुने भएको छ । विश्वका ३० देशका ८० जना धावकहरु सहभागि हुने आयोजक  हिमालयन टेयल्सले जनाएको  छ ।  तिन दिनसम्म म्याग्दी र पर्वतका सम्भावित पर्यटकीय स्थलहरुलाई समावेश गरेर सञ्चालन हुने एक सय किलोमिटरको म्याराथुनका लागि रुट पहिचान गरि संकेत राख्ने काम सुरु गरिएको छ । पहिलो दिन बेनी–पात्लेखेत–पाखापानी–टोड्के, जगन्नाथ–घतान र बेनी, दोस्रो दिन बेनी–मल्लाज–डाँडाँकटेरी–नांगी–राम्चे–बेनी र तेस्रो दिन बेनी–सालघारी–अर्जम–कुडुले हुदै बेनीको रुट कायम गरिएको म्याराथुनका संयोजक सन्तोष खड्काले जानकारी दिए । खड्काका अनुसार हङ्कङको एक्यासन एशिया टे«ल्सको संयोजनमा नेपालमा आउने अमेरिका, फ्रान्स, स्विजरल्याड, नेदरल्याड लगायत देशका अन्तराष्ट्रिय धावकहरुको सहयोगका लागि दौड सञ्चालन हुने रुटमा ४० जना नेपाली सहयोगीहरु परिचालन गरिने भएको छ । यसअघि सन २०११ मा लाङटाङ, २०१२ मा गोर्खा र २०१३ मा दोलखामा एक्सन एशिया म्याराथुन दौड आयोजना भैसकेको छ ।