हिमाली क्षेत्रमा आज हिमपात हुन सक्ने अनुमान

कात्तिक १४, काठमाडौँ – अरव सागरबाट विकसित भएर नेपाली भुभाग तिर पनि आइरहेको निलोफर आँधीको प्रभावले नेपालको पश्चिमी भेगको हिमाली क्षेत्रमा आज  हिमपात हुन सक्ने मौसम विभागले बताएको छ । निलोफर भारतमा आइपुग्दा कमजोर भएको देखिएपनि त्यसकै कारण उछिट्टिएको बादल नेपालको पश्चिमी हिमाली क्षेत्रमा देखिएकाले हिमपात हुने सम्भावना रहेको विभाग अन्तर्गतको जल तथा मौसम पुर्वानुमान महाशाखाका अधिकृत बरुड पौडेलले जानकारी दिए । आज हुन सक्ने अनुमान गरिएको हिमपात दुई हप्ताअघि हुदहुद आँधीको असरले गर्दा भएको जस्तो ठूलो नहुने मौसमविद्ध पौडेलले बताए ।