एमाले केन्द्रीय कमीटीमा आज चार सुचीमा छलफल हुने

कात्तिक १४, काठमाडौँ- नेकपा एमालेको आजदेखि  केन्द्रीय कमिटीको  तेस्रो पूर्ण बैठक बस्दैछ । बैठकमा छलफलका लागि मुख्य चार कार्यसूची तय भएका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय मदनगरमा बस्ने बैठकमा तय भएको कार्यसूचीमा स्थायी र पोलिटब्युरो सदस्यको चयन, कार्यविभाजन, भावी कार्ययोजना र केन्द्रीय कमिटी सदस्यमा मनोनयन रहेको एमाले सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले बताए ।     एमालेको गत असार १९ देखि सुरु भएर साउन १ गते सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिना बितिसक्दा पनि स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयनलगायतको काम हुन सकेको छैन ।