महिनावारीसँग जोडिएका केही भ्रमहरु

कात्तिक १४,एजेन्सी-महिनावारी हुँदा अधिकांश महिलालाई आफु पुर्ण रुपमा स्वस्थ नभएको अनुभुती हुन्छ । शरीर शिथील हुने र पुर्ण जाँगर नचल्ने हुँदा महिनावारीको बेला महिलाहरु प्राय आराम मात्रै गरीरहन चाहान्छन् ।  तपाईंमध्ये थुप्रै महिलाहरुले महिनावारी भएको बेलामा यस्तै महसुस गर्नुहुन्छ होला । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसलाई सम्पूर्ण महिलाहरुले जान्नैपर्ने हुन्छः

१. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछः
यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४–५ चम्चा हुने गर्दछ ।

 

२. महिनावारी रगत फोहोर हुने गर्दछः
महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।
३. व्यायाम गर्नु हुँदैनः
यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।
४. सेक्ससँग बच्नुहोस्ः
यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।
५. मासिक धर्मको पिडाः
यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।

 

६. चिन्ता नलिनुहोस्, तपाईं गर्भवती हुनुहुने छैनः

यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।
७. २८ दिनको चक्रः
मासिक धर्मको चक्र महिलाको शारिरिक स्वास्थ्यमा निर्भर हुने गर्दछ । २८ दिनको चक्र एक औसत समय मात्र हो ।