बाबुरामले भेटे चित्रबहादुर देखि कमल थापा सम्मलाई

कात्तिक १३, काठमाडौँ – संवैधानिकसभाको सवैभन्दा शक्तिशाली र राजनीतिक सहमतीका लागी विशेष भुमीका खेल्दै आएको राजनीतिक संवाद तथा सहमति समितिले आज संविधानसभाको चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग छलफल गरेको छ । समितीले राप्रपा नेपालसँग संविधान निर्माणका विविध पक्षका विषयमा छलफल गरेको समितीका सदस्य चित्र बहमदुर केसीले जानकारी दिए ।

समितिको कार्यालय सिंहदरबारमा बिहिबार सम्पन्न अनौपचारिक छलफल संविधान निर्माण प्रक्रियालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेबारेमा केन्द्रित रहेको बताइएको छ । छलफलमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर पा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सिपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधानका बारेमा परामर्श गरेका थिए ।

छलफलमा समिती सभापति बाबुराम भट्राइले आजै अन्य पक्षसँग पनि व्यक्तिगत र सामूहिक रुपमा छलफल गने बताएका छन् । छलफलपछि बाहिरिने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले उठाउँदै आएको हिन्दू धर्म सापेक्ष राज्य र गणतन्त्रको विषयमा पनि जनतामा जान पाउनुपर्ने धारणा राखेको बताए ।