लाइबेरियामा इबोला भाइरसको संक्रमण दर घट्दै

कात्तिक १३, काठमाडौँ -विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले लाइबेरियामा इबोला भाइरसको संक्रमण दर घट्दै गएको जनाएको छ ।  पश्चिम अफ्रिकी मुलुक लाइबेरिया इबोलाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।  डब्लु एचओका अधिकारीहरुले हाल लाइबेरियामा इबोला नियन्त्रण गर्न सफलता मिल्दै गएको बताएका छन् । यद्यपी इबोलाको संकट भने अझै टरिनसकेको डब्लू एचओले जनाएको छ । इबोलाबाट ५ हजार जनाको ज्यान गैसकेको अनुमान गरिएको छ । रेडक्रसका अनुसार गत हप्ता लाइबेरियामा १ सय १७ शव भेटिएका थिए ।