२०१८ को विश्वकपको लोगो सार्वजनिक

कात्तिक १३, काठमाडौँ-सन् २०१८ मा रूसमा आयोजना हुने २१औँ फिफा विश्वकपको लोगो सार्वजनिक भएको छ ।  मंगलबार साँझ आयोजक राष्ट्र रुसले राजधानी मस्कोमा २०१८ को विश्वकप फुटबलको आधिकारिक लोगो सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको लोगोमा रुसको कलात्मक परम्परा, समृद्ध इतिहास र नवीनतम् उपलब्धिहरुलाई समेटिएको छ ।

चार वर्षपछि हुने २१औँ संस्करणमा रुसले, इंग्ल्यान्ड, स्पेन पोर्चुगल, नेदरल्यान्ड र बेल्जियमलाई पछि पार्दै पहिलोपटक विश्वकप आयोजना गर्ने अवसर पाएको हो । २०१८ को विश्वकप रुसका विभिन्न ११ सहरमा आयोजना हुनेछ ।