लीला नाच आज पनि

कात्तिक १३, काठमाडौँ-पाटन दरवारमा प्रदर्शन गरिने ऐतिहासिक कात्तिक नाचअन्र्तगत आज पनि उषाहरण लीला देखाइदै छ ।  विगतका वर्षमा एक दिनमात्र देखाइने यो नाचलाई यस वर्ष चार दिन देखाउन लागिएको हो ।

यस वर्ष समय थप गरिएकाले नाचलाई विस्तृत रूपमा देखाइएको कात्तिक नाच संरक्षक समितिले बताएको छ । नाच अन्र्तगत हिजो केहि भाग देखाइएको र आज सोहि स्थानबाट नाच अघि बढ्ने समितिले जनाएको छ ।

  तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्नो राज्यका जनतामा सुख र शान्ति छाइरहोस् भनेर ज्योतिषिको सल्लाहमा विसं १६९७ बाट कार्तिक नाच सुरु गरेका थिए