निकास निकाल्न प्रमुख तीन दलको बैठक जारी

कात्तिक १३, काठमाडौँ-संबिधानका बिबादीत विषयमा निकास निकाल्न शीर्ष  तीन दलको बैठक बस्दै छ । त्यसअघि सत्तारुढ दल नेपाली काग्रेस र नेकपा एमाले संघीयतासहित संविधानका अन्तर्वस्तुमा आज समान धारणा बनाउने काँग्रस महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिए ।

  महामन्त्री सिटौलाका अनुसार राज्यपुनसंरचनाको आधारभूत विषयमा एकमत दुई दलबीच संघियताको विषयमा केही फरकमत रहेकोले समान धारणा बनाउने तयारीमा छन् । दुई दलको बैठक अब केहिबेरपछि बालुवाटारमा बस्ने छ । कांग्रेस ७ मा जान सकिने पक्षमा छ भने एमालेले बढीमा ६ प्रदेशको प्रस्ताव राखेको छ ।

दुइदलबीच हिजो भएको छलफलमा साझा पहिचानसहितको सात प्रदेशमा राज्यको संघीय पुनःसंरचना गर्नेबारे सहमती भएको थियो । दुईदलबीचको सहमतिका आधमारमा एकीकृत माओवादी सहितको बैठक प्रमुख तीन दलबीच आजै अपरान्ह छलफल हुने छ  ।