उदाउँदो सुर्यलाई अर्घ दिँदै छठ समापन

कात्तिक १३, काठमाडौँ-आज छठ पर्वको अन्तिम दिन उदाउँदो सुर्यलाई अर्घ दिइएको छ । आज विहानै नदी तथा तलाउमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् रुपमा सकिएको हो । उदाउँदो सूर्यलाई अर्घ दिन आज बिहानैदेखि  आज विहानैदेखि नदी तथा तलाउमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् रुपमा सम्पन्न भएको मानिन्छ ।

छठ पर्व समापनको अवसरमा अवसरमा राजधानीका रानीपोखरी, कमलपोखरी, बाग्मती नदी किनार लगायत जनकपुरको गंगा सागर, धनुष सागर, अंगराज सर, दशरथ तलाउ बीरगञ्जको घडीअरुवा पोखरी, नगवा पोखरी, छपकैया पोखरी, चिपरा पोखरी, रानीघाट खोलालगायतका स्थानमा हजारौं भक्तजनले सूर्यलाई अर्घ दिएर यस बर्षको छठ पर्वलाइ बिदाइ गरेका छन । त्यस्ते उपत्यका बाहिर  जनकपुर विराटनगर वीरगाजलगायत तराईका विभिन्न ठाउँ र काठमाण्डुको रानिपोखरी र बागमती किनारामा भक्तजनहरुको घुईँचो लागेको थियो ।

कार्तिक शुक्ल चतुर्थीका दिन व्रतको तयारीका लागि स्नान गरी आज सूर्यलाई विशेष विधिपूर्वक अघ्र्य दिएर यो पर्व मनाइन्छ । पारिवारिक सुख शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने कामनाकासाथ श्रद्धापूर्वक छठ पर्व मनाइने गरिन्छ । यसको नाम षष्ठी छष्ठीबाट छठ पर्व हुन पुगेको अनुमान गरिएको छ । कार्तिकी छठको महत्व ठूलो भएकोले धेरैजसो श्रद्धालुहरुले कार्तिकी छठ मनाउने प्रचलन रहँदै आएको छ ।