अष्ट्रेलियाले अफ्रीकी नागरिकलाई भिषा नदिने

कात्तिक १२, काठमाडौँ-अष्ट्रेलियाले ईबोला प्रभावित अफ्रीकी देशका नागरिकलाई आफ्नो देशमा प्रवेशषाज्ञा नदिने भएको छ । पश्चिम अफ्रिकी राष्ट्रमा ईबोलाको कारण मर्नेको संख्या पाँच हजार नाघेपछि अष्ट्रलियाले यस्तो निर्णय लिएको हो ।

महामारीका रुपमा फैलिरहेको ईबोलाको संक्रमण आफ्नो देश सम्म नआओस भन्ने उद्देश्यले प्रभावित देशका नागरिकलाई भिसा नदिने निर्णय गरेको अष्ट्रेलियाले जनाएको छ । यस्तै ति मुलुकका नागरिकलाई आफ्नो आप्रवासन सम्बन्धी कार्याक्रममा तत्काल सहभागि गराउन नसक्ने अष्ट्रलियाले जनाएको छ ।