रामेछापमा महिलाको हत्या

कात्तिक १२, रामेछाप- रामेछापको गुम्देल–३ तेथेममा गएराती लुटेराहरुको समुहले एक महिलाका हत्या गरेका छन ।  लुटेराहरुले ५७ वर्षकी कर्मागेल्जी शेर्पाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घरका अरु सदस्य छिमेकमा गएको मौका छोपी लुट्न आएका लुटेराहरुले शेर्पाको हत्या गरेका हुन् । हत्यापछि उनले लगाएको झण्डै ५ तोला बराबरका सुनका गरगहना, घरमा रहेको चाँदी र नगद रकम समेत लुटेराहरुले लगेको प्रहरीले जनाएको छ ।