रहस्यमय मृत्युका कारण बुटवलको नयागाउं शोकाकुल

कार्तिक १२, बुटवल–  बुटवल १४ नंयागाउका १९ बर्षिय निलकण्ठ भट्टराईको मृत्यु थप रहस्यमय बन्दै गएको छ । कार्तिक ९ गते आफ्नै घरको पछाडी रहेको अडहर घारीमा मृत अबस्थामा भेटिएका उनको कसैले हत्या गरेको हुनसक्ने स्थानियको आशंका छ । मृतकको शबको प्रकृति हेर्दा घांटी र शरिरका अन्य भागमा चोट सहित निल डामहरु रहेकाले हत्या हुन सक्ने स्थानियको ठहर छ । कक्षा १२ को परिक्षा दिएर बसेका भट्टराईको शारिरिक अबस्था कमजोर थियो । उनको असोज ९ गते अपरान्ह ४ बजे घरपछाडि शव फेला परेको इलाका प्रहरी कार्याय बुटवलले जनाएको छ ।
मृत अबस्थामा भेटिएका उनीसंगै बिषको सिसा पनि भेटिएको थियो । उनको शवलाइ पोष्ट मार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । पोष्टमार्टमको अन्तिम रिर्पाेट भने आएको छैन । घटनापछि सिंगो नयागाउं नै शोकाकुल बनेको छ । नंयागाउका अगुवा तुल्सी भण्डारीले घटनाको सत्य तथ्य पत्ता लगाइ दोषि उपर कानुनी कारबाहिको माग गर्नुभयो । सोहि घटनामा अनुसन्धानका लागि प्रहरीलाइ थप दबाब दिन स्थानियहरु मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा डेलिगेशनमा गएका थिए ।
सयौंको संख्यामा प्रहरी प्रशासनमा पुगेका गांउलेले प्रहरीलाइ जतिसक्दो छिटो घटनाको सत्य तथ्य पत्ता लगाउन आग्रह गरेका छन् । स्थानिय गोपाल पाण्डेले प्रहरीलाइ अनुसन्धानमा ढिलाई नगर्न आग्रह गर्नुभयो । अर्का युवा राकेश पन्थले गांउ नै असुरक्षित भएको भन्दै स्थानियहरुलाइ सुरक्षित महशुस बनाएर शान्ति सुरक्षा कायम राख्न प्रहरीलाइ आग्रह गर्नुभयो । डेलिगेशन पछि इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दीलिप घिमिरेले घटनालाइ नजिकबाट अनुसन्धान थालिएको र छिट्टै सत्य तथ्य बाहिर ल्याउने बताउनुभयो । मृतक निलकण्ठ बिष्णु भट्टराईका २ छोरामध्येका कान्छा छोरा हुन् ।