तिब्बतका सरकार प्रमुख आज पनि भेटवार्तामा

कात्तिक १२, काठमाडौँ-चार दिने औपचारिक नेपाल भ्रमणमा रहेका तिब्बत सरकार प्रमुख लियोसाङ जियाङले आज पनि विभिन्न राजनैतिक दलका नेताहरुसंघ भेटवार्ता गर्ने भएका छन्   । सोमबार नेपाल आइपुगेका जियाङले एमाओवादी अध्यक्ष लगायतसंग भेटवार्ता गरीसकेका छन् । यस्तैे जियाङ सुनको नेतृत्वमा नेपाल भ्रमणमा आएका व्यापारिक टोली तथा नेपाल–चीन उद्योग वाणिज्य संघबीच हिजो आर्थिक, व्यापारिक तथा लगानी विस्तार गर्ने उदेश्यका साथ द्धपक्षिय समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।   संघका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र चिनियाँ तिब्बत ब्रोडर ट्रेड च्याम्बरका तर्फबाट अध्यक्ष लाक्पा त्रिंग्लेले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।