आज छठ पर्व मनाइदै

कात्तिक १२, काठमाडौँ-आज छठपर्व । विषेश गरि तराइ क्षेत्रमा मनाइने छठ पर्वको आज मुख्य दिन सुर्यको उपासना तथा पुजा गरि मनाइदैछ । आजको दिनमा चामल र पिठोको ठेकुवा कसारलगायतका परिकार घ्युमा पकाइन्छ । त्यस्तै विभिन्न पाँच थरीका मिठाइ, उुखु, अदुवा, नरिवल, सुपारी आदि नयाँ बाँसको टोकरी तथा नाङ्लोमा राखेर, नदि, ताल तथा पोखरीमा गएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ ।

अस्ताउँदो सुर्यलाई अर्घ दिएपछि ब्रतालुहरु आज रातभर पुजास्थलमा जाग्रम बस्ने गर्दछन् र भोलि बिहान उदाउँदो सुर्यको पुजा गरेपछि छठ पर्व सम्पन्न हुन्छ । छठको लागि मिथिलान्चलका विभन्न घाट तथा नदि तलाउ, तराइका अन्य स्थानका साथै काठमण्डौको रानिपोखरी, नख्खुखोला, कमलपोखरी आदिमा छठको रौनाकता छाएको छ ।